३ कार्तिक २०८३, मंगलबार

नयाँ पुरुषसँग देखिन थालिन् अभिनेत्री एञ्जेलिना जोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । हलिउड अभिनेता ब्रैड पिटसँगको सम्बन्ध विच्छेद र बच्चाहरूलाई आफूसँग राख्न कानूनी झमेला झेल्दै आएकी अभिनेत्री एञ्जेलिना जोली एक ब्रिटिश उद्यमीसँग डिटिङमा देखिन थालेकी छिन् ।

एञ्जेलिना र ती व्यापारीबीच बाक्लै भेटघाट हुने गरेको छ । उनीहरूका बीच अन्तरंग सम्बन्ध रहेको पनि बताइएको छ ।

‘ब्रैड पिटसँग अलग हुन एञ्जेलिनाका लािग धेरै मुश्किल थियो । तर उनीले अहिले नयाँ पुरुषसँग डेटिङ गरिरहेकी छिन्’, समाचारमा भनिएको छ ।

‘एञ्जेलिनाको जीवनमा आएका यी नयाँ व्यक्ति एक ब्रिटिश उद्यमी हुन् । ती व्यक्तिको राजनीतिकस्तरमा राम्रो सम्बन्ध छ ।

एञ्जेलिनाको जिन्दगीमा आएका यी व्यक्तिसँग एक वर्ष अगाडि लन्डनमा भेट भएको समाचारमा उल्लेख छ । – एजेन्सी