८ मंसिर २०८३, मंगलबार

एमालेसँग सहमति गरेको भन्दै मधेसी नेताले बालुवाटारमा गरे हंगामा ! प्रधानमन्त्रीले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १४ वैशाख । सरकार र मधेसवादी दलको वार्ता सकारात्मक भएको छ । ६ वटा मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार चर्काचर्की हुँदै सुरु भएको बैठक अन्तिममा सकारात्मक दिशामा टुंगिएको नेताहरुले बताएका छन् ।

एमालेसँग सहमति गरेको भन्दै हंगामा

राजपा नेपाल पार्टीका नेता राजेन्द्र महतोका अनुसार बैठकको सुरुमै मधेसवादी दलका शीर्ष नेताले प्रमुख प्रतिपक्षी एमालेसँग सहमति गरेको भन्दै प्रधानमन्त्रीमाथि कडा प्रश्नहरु गरे । ‘एमालेसँग हिजो भएको सहमतिमा तपाईहरुले मधेसी मोर्चासँग भएको सहमति उल्ट्याउनु भएको हो ?’ भनी नेताहरु प्रधानमन्त्रीमाथि खनिएका थिए ।

के के प्रश्न सोधे ?

– ११ जिल्ला मात्रै मधेस होइन् । तराई मधेसमा २२ वटा जिल्ला छन् ।
– एमालेसँग हिजो भएको सहमतिमा तपाईहरुले मधेसी मोर्चासँग भएको सहमति उल्ट्याउनु भएको हो ?
– स्थानीय तहको संख्या घटाउने निर्णय भएको हो एमालेसँग ?
– स्थानीय तहको संख्या बढाउँदाखेरी वडा टुक्राउनुपर्छ कि पर्दैन् ?
– हामीलाई राष्ट्रिय जनता पार्टी नेपाललाई दर्ता गरेर कानूनी मान्यता दिने कि नदिने ?
– संविधान संशोधन विधेयक पास हुन्छ कि हुन्न् ?

प्रधानमन्त्रीको जवाफ

मधेसवादी दलका शीर्ष नेताको कडा प्रश्नको सामना गरेका प्रधानमन्त्री प्रचण्डले एमालेसँग स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्र मात्रै फिर्ता लिने सहमति भएको स्पष्ट पारे । उनले आक्रामक ढंगबाट प्रस्तुत भएका मधेसी नेताहरुलाई नम्र जवाफ दिँदै शान्त पारे ।

यस्ता छन् जवाफ

– एमालेसँग सहमति गर्दा मधेसी मोर्चासँग भएको सहमति उल्ट्याएको छैनौं ।
– एमालेसँग सहमति भनेको स्थानीय विकास मन्त्रालयले ११ जिल्लामा गरेको सर्कलर पत्र मात्रै फिर्ता गरेको हो ।
– स्थानीय तह बढाउनेविरुद्ध कुनै निर्णय भएको छैन् सहमति भएको छैन् ।
– अब स्थानीय तहको संख्या जिल्लामा होइन् यही केन्द्रमा एमालेसहितका सबै दलसँग सहमति गरेर केन्द्रबाटै थप्ने बढाउने हो तपाईहरु नडराउनुस् ।
– अब स्थानीय तहको संख्या बढाउँदा वडाहरु पनि टुक्रिन सक्छन् ।
– संविधान संशोधन विधेयक पास हुन्छ । एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको छ । यदि एमाले आएन् भने पनि संख्या पुरयाएर विधेयक पारित गर्छाै ।