३ कार्तिक २०८३, मंगलबार

भक्तपुरका भूकम्प प्रभावितलाई १५ करोड वितरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नगरकोट, १४ वैशाख । भूकम्प प्रभावितहरुकको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रु पन्ध्र करोड ३९ लाख वितरण गरेको छ ।

भूकम्प प्रभावित प्रतिपरिवार पहिलो किस्तामा रु १० हजारका दरले एक हजार ५३९ परिवारलाई सो रकम वितरण गरिएको रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले बताउनुभयो ।

रेडक्रशले जिल्ला प्रशासन कार्यालय, नगरपालिका, वडा कार्यालय, नागरिक वडामञ्चका संयोजक तथा स्थानीय बुद्धिजीवीको समन्वयमा साविक नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकाका २१ वडामा रकम वितरण गरिरहेको छ ।

सभापति थापाका अनुसार पहिलो चरणमा वितरित रकमको अनुगमन गरी त्यसको सदुपयोग भएको सुनिश्चितता भएपछि दोस्रो चरणको रकम वितरण गरिनेछ । उहाँका अनुसार रकम प्राप्त गरेका भूकम्प प्रभावितहरुले आलुखेती, बाख्रापालन, बङ्गुरपालन, आधुनिक आरन सञ्चालन, पसल सञ्चालनलगायतका कार्य गरिरहेका छन् ।

अहिलेसम्म साविक चाँगुनारायण नगरपालिकाका वडा नं ४, ६, ९, ११ र १७, अनन्तलिङ्गेश्वर नगरपालिकामा १० र १३, नगरकोट नगरपालिकाको १, २, ३, ९ र १० वडामा पहिलो किस्ताको रकम वितरण भइसकेको छ । रासस