८ मंसिर २०८३, मंगलबार

कानून मन्त्रीका हजुरबाबुले माओवादी छाडे, राजपा नेपाललाई पनि धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १४ वैशाख । मधेस केन्द्रित ६ वटा दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का केन्द्रीय सदस्य रामनारायण मेहताले पार्टी परित्याग गरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

राजपाको नेतृत्व, गठन प्रक्रिया, नीति र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका सिरहाका प्रभावशाली नेता मेहतालाई पार्टी प्रवेश गराईएको हो । उनलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

राजपा नेपाल घोषणा हुनुअघि मेहता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य थिए । जिल्लामा दख्खल राख्ने नेता मेहताले आफूसँगै राजपाका पाँच सयको संख्यामा सक्रिय कार्यकर्तालाई फोरम नेपालमा भित्र्याएका छन् ।

राजपाकै सिरहा जिल्ला उपाध्यक्ष रामएकबाल साह, क्षेत्रीय सदस्य रमेश कुमार महतो, नगर सदस्यहरू सन्तोष कुमार महतो, हरेराम महतो र रामउजागर महतो लगायत जनतामा प्रभावशाली मानिएका नेताहरुको समूह पनि राजपा नेपाल परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महाधिवेश प्रतिनिधि राजेन्द्रले पनि पार्टी परित्याग गरी फोरम नेपालसँग जोडिएका छन् । एमालेको लहान नगर कमिटी समदस्यहरू फन्नीलाल महतो र राजाराम महतोले एमालेप्रति असन्तुष्टि जाहेर गर्दै फोरम नेपालको सदस्यता लिएका छन् ।
कानून मन्त्रीका हजुरबुबासहित सात सयले माओवादी त्यागे

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका सात सय सय कार्यकर्ताले नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् ।

प्रचण्डले चुनाव जितेको सिरहा क्षेत्र नं ५, करजनहामा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा माओवादी नेता कार्यकर्ताहरुले फोरम नेपालको सदस्यता लिएका छन् ।

कानूनमन्त्री अजयशंकर नायकका हजुरबुवा रामदेव नायकले पनि माओवादी परित्याग गरी फोरम नेपालको सदस्यता लिएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवले जानकारी दिए ।