बारा, १३ वैशाख । नेकपा एमाले बारा जिल्ला कमिटीको आह्वानमा १८ औं मनमोहन स्मृति दिबसका अबसरमा जिल्लाब्यापी रुपमा जेष्ठ नागरिक सम्मानको आयोजना गरिरहेको छ ।
एमाले बाराले जेष्ठ नागरिक भत्तासुरु वात गर्ने तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा जेष्ठ नागरिकको सम्मान गर्नलागेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताउनुभयो ।
यसैबीच जितपुर–सिमरा उपमहानगरपलिका वडा नम्बर ६ ले नगौलमा आज एक कार्यक्रमकाबीच २० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष फजेल्ह हक अन्सरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष देवनारायन चौधरी, प्रचार बिभाग प्रमुख मनोज पौडेल, नगर संयोजक कृष्ण खनाल, तारा कार्की, मदन तिमल्सिना, बलराम सुवेदी, जयकिशोर राउत, केदार पौडेल, दिलिप शर्मा लगायतले एमालेले मात्र जेष्ठ नागरिकको सम्मान गर्ने दाबी गरेका थिए ।












प्रतिक्रिया