८ मंसिर २०८३, मंगलबार

संसद खोल्न नयाँ बानेश्वरमा चार दलको बैठक जारी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । स्थानीय तहको संख्या वृद्धि गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी दल नेकपा (एमाले) विरोधमा उत्रिएपछि सहमति जुटाउन प्रमुख चार दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष कमल थापा सहभागी छन् ।

बैठकमा चुनाव अगाडि स्थानीय तहको संख्या वृद्धि गर्ने नपाइने भन्दै संसदमा अवरोध गरिरहेका एमालेलाई सहमतिमा ल्याउने प्रयास गरिनेछ । सोही विषयलाई लिएर एमालेले मंगलबारको संसद बैठक अबरोध गरिसकेको छ ।

त्यसैगरी, संविधान संशोधन, स्थानीय तहको निर्वाचन, बजेटको ल्याउने बजेटको मिति सार्ने लगायतका बिकल्पहरूमा पनि छलफल हुने जनाइएको छ ।