८ मंसिर २०८३, मंगलबार

वैशाख १२ मा भीम रावलको कडा वक्तव्य- प्रचण्डले पुनःनिर्माणको काम रोके

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १२ बैशाख । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काँग्रेस माओवादी केन्द्र गठबन्धनले सरकार र प्राधिकरण दुबैलाई अस्थीर र अन्योलग्रस्त तुल्याएर पुनःनिर्माणको कार्यमा बाधा सिर्जना गरेको बताएका छन् ।

मंगलबार प्रेस वक्तब्य जारी गर्दै उपाध्यक्ष रावलले दुई महिनादेखि प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरण निर्देशक समितिको बैठक नबोलाएर निर्देशक समितिलाई निष्क्रिय बनाएको जनाएका छन् ।

भूकम्प गएको दुई वर्ष वितिसकेको स्मरण गर्दै उपाध्यक्ष रावलले प्राधिकरणका वर्तमान कार्यकारी प्रमुख स्वयंले प्राधिकरणको औचित्यमाथि नै प्रश्न उठाउँदै काम हुन नसकेको तथ्य स्वीकार गरेको वक्तव्यमा भनेका छन् ।

प्राधिकरणलाई अकर्मण्यताको चक्रमा फँसाएर भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको निर्माणमा उदासिनता देखाउने वर्तमान सरकारको क्रियाकलाप निन्दनीय रहेको प्रेस वक्तव्यमा भनिएको छ ।

नेकपा एमालेको नेतृत्वमा सरकार भएको बेला भारतीय नाकाबन्दीको सामना गर्दै भूकम्प पीडित जनतालाई राहत, भूकम्पबाट ध्वस्त र क्षतिग्रस्त नीजि तथा सार्वजनिक संरचनाहरुको पुनःनिर्माणलाई उच्च प्राथमिकता दिँदै काम गरिएको स्मरण गर्दै वक्तव्यमा भनिएको छ– ‘वर्तमान सरकार उदासिन रहेकाले पुनःनिर्माणको काममा राजनीति नगरी प्रभावकारी रुपमा काम गर्न सरकार र प्राधिकरणसँग माग गर्दछु ।’