३ कार्तिक २०८३, मंगलबार

अन्तर्राष्ट्रिय डीएलजी अवार्डद्वारा ‘चोकोफन’को क्वालिटी विश्वस्तरीय प्रमाणित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कन्फेक्सनरी उत्पादन कम्पनी सुजल फुड्स प्रा. लि. अन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड “चोकोफन” ले विश्वमै प्रतिष्ठित DLG अवार्डको सम्मान प्राप्त गरेको छ । विगत १७ वर्षदेखि नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वाद अनि खुशी पस्कदै आएको चोकोफनले ख्यातिप्राप्त “DLG Silver Award” को प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको छ ।

DLG अवार्ड Deutsche Landwirtschafts-Gesellschaft, Frankfurt am Main, Germany द्वारा प्रदान गरिने एक वार्षिक अवार्ड हो । जुन सेनसरी परिक्षण पछि योग्य ठहरिएको र DLG को कडा गुणस्तर मापदण्ड पूरा गर्ने “फुड एण्ड बेभरेज” लाई मात्र प्रदान गरिन्छ । वर्षेनी विश्वभरका २७,००० भन्दा बढि ब्राण्ड तथा प्रोडक्टहरु यस अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने गर्दछन् ।

कच्चा पदार्थ र उत्पादन प्रक्रिया लगायत गुणस्तरको मापदण्डको समेत कडा परिक्षण पश्चात मात्र उपलब्ध हुने यस अवार्डबाट सम्मानित भएको गौरवमय अवसरमा कम्पनीले यस उपलब्धीको श्रेय आफ्ना समस्त ग्राहक, वितरक तथा शुभेच्छुकहरुलाई दिँदै कृतज्ञता पनि व्यक्त गरेको छ । साथै, यस उपलब्धीबाट झनै प्रेरित भई भविष्यमा पनि निरन्तर उत्कृष्टता पस्कदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिम तथा स्वादिलो वाक्लो चकलेट मार्फत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ । सन् १९९९ मा रु. ५ को मूल्यमा बजारमा प्रथम पटक आएको चोकोफन आफ्नो स्थापनाको पहिलो वर्षमा नै बजारमा अग्रणी स्थान हासिल गर्दै कम्पनीको सर्वाधिक लोकप्रिय उत्पादन बन्न सफल भएको ब्राण्ड हो ।

सुजल फुड्सको बारेमा

लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रा. लि. ले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर ९ध्बाभच०, क्याण्डी, बबल गम, स्टिक गम बनाउँदै आएको छ । जसमध्येका उत्कृष्ट उत्पादनहरु चोकोफन, क्रेभ, रसिलो क्याण्डी, क्याण्डीम्यान, फ्रेसो आदिले वर्षौ देखि उपभोक्ताहरुले मन जित्दै आएका छन् ।