८ मंसिर २०८३, मंगलबार

मुस्लिम समुदायको पक्षमा जोडदार बोले एमाले अध्यक्ष ओली, गठबन्धनले दियो धन्यवाद

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्लिमका मागमा सरकार संवेदनशील नभएको आरोप लगाउनुभएको छ ।

मुस्लिम समूदाय रमजानमा रहेकाबेला चुनावको मिति घोषणा गर्नु असंवेदनशीलताको उदाहरण भएको बताउनुभयो । ‘पानी पनि नखाई ब्रत बसेका मुस्लिम समूदाय कसरी भोट दिन जान सक्छन् ?,’ राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार निजी निवास बालकोटमा बुझाएको ज्ञापन पत्र लिंदै उहाँले भन्नुभयो, ‘धार्मिक आस्थासँग जोडिएको विषयलाई हल्कारुपमा लिनु हुँदैन ।’

ओलीले ५ प्रतिशतभन्दा ठूलो संख्यामा रहेका मुस्लिम समूदायलाई मतदानबाट बञ्चित गर्न नसकिने धारणा राख्नुभयो । ‘मैले संसदमा यो कुरा हिजो पनि राखिसकेको छु,’ उहाँले भन्नुभयो, ‘तर मैमत्त सरकारले के सुन्ला ?’

ओलीलाई गठबन्धनका संयोजक समीम अन्सारी नेतृत्वको टोलीले संविधान संशोधनमा मुस्लिम समूदायको उच्चारणसमेत नभएको भन्दै ध्यानाकर्षण गराएको छ । अन्सारीले विगतमा पनि ओली सरकारले मुस्लिम समूदायका लागि बिदालगायतका सुधार र सहुलियतका कार्यक्रम ल्याएको भन्दै धन्यवाद दिनुभयो ।