
काठमाडौं, १२ बैशाख । दोस्रो चरणमा जेठ ३१ गते हुने स्थानीय चुनामा ७ नम्बर प्रदेशमा काँग्रेस र माओबादी केन्द्र मिलेर जाने सैदान्तिक जाने सहमती भएको छ ।
माओवादी केन्द्र प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावीमा तालमेल गरेर अगाडि बढ्ने सहमती भएको हो । प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाटले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्न सहमतिमा पुगेको बताए ।
उनले प्रदेशस्तरमा चुनावी एकताका लागि सहमति भएपनि मातहतका निकायमा सर्कुलर नभएको जानकारी दिए । ्प्रदेश नं. ७ सुदूरपश्चिममा कूल ८८ वटा स्थानीय तह छन् । ७ नम्बर प्रदेशमा यसअघि माओबादी केन्द्रसंग चुनावी एकता गर्ने प्रयास अघि सारेको थियो ।











प्रतिक्रिया