८ मंसिर २०८३, मंगलबार

एमालेको स्थायी समिति आज पनि बस्दै, उम्मेदवार चयनमा छलफल हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समिति बैठक आज दोस्रो दिन पनि बस्ने भएको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनको तयारी, घोषणा पत्र र महानगरपालिकाहरूको प्रमुख र उप्रपमुखका विषयमा छलफल हुनेछ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनका कसरी अगाडि बढ्न भन्ने विषयमा छलफल हुन्छ ।’

स्थानीय तहको निर्वाचन तयारी जोडतोडले सुरु गरेको एमालेले महानगरपालिकाहरूको प्रमुख र उपप्रमुखका विषयमा गृहकार्य थालेको हो ।

स्थानीय तहको निर्वाचन दुई चरणमा गरे पनि आफूलाई कुनै समस्या नपर्ने जनाएको एमालेले बजेट अगाडि नै चुनाव गर्नुपर्ने उल्लेख गर्दै आएको छ ।