
काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल ललितपुरको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा उपचार गराइरहेका छन् । उनको अवस्था सामान्यतर्फ उन्मुख रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । आफ्नै संगठनभित्र नियन्त्रणमा परेका सिलवाल दिउँसै विरामी परेका थिए । तर, उनको बयान लिएर साँझमात्रै प्रहरीको एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो ।
उच्च रक्तचापका बिरामी रहेका सिलवालको हाल रक्तचाप १६०/९५ रहेको अस्पतालमा रहेका पत्रकार रवि धामीले जानकारी दिएका छन् ।
सिलवालले अहिले अस्पतालको शैय्याबाटै पत्रकार सम्मेलन गरिरहेका छन् ।
तस्वीरः रवि धामीबाट ।













प्रतिक्रिया