
काठमाडौं, ११ बैशाख । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तातोपानी लिपिङ्गमा संचालित शाखा बाह्रविसे बजारमा स्थानान्तरण गरिएको छ ।
दुई वर्षअघि वैशाख १२ गते आएको भूकम्पका कारण साही स्थानबाट संचालन गर्न कठिनाई भएपछि बाह्रविसेमा स्थानान्तरण गरिएको जनाएको हो ।
शाखाको आज एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथी सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ तथा बैंकका संचालक अरुण श्रेष्ठ तथा दिपक कार्कीले संयुत्त m रुपमा उद्घाटन गरे ।
उद्घाटन समारोहमा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी गराएका थिए ।
यस शाखासहित बैंकले ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।















प्रतिक्रिया