३ कार्तिक २०८३, मंगलबार

चर्चित बलिउड कलाकार, जो अभिनय स्कुलमा चार पटक असफल भए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । नेशनल अवार्ड बिजेता मनोज बाजपेयी अहिले हिन्दी सिनेमा जगतका चर्चित हस्ती हुन् । उनले भर्खरै आफ्नौ ४८ औं जन्मदिन मनाएका छन् । मनोज बाजपेयी बलिउडमा आफ्नो स्थान बनाउनका लागि निकै संघर्ष गर्नुपरेको थियो । उनी कसरी बिहारको एक दुर्गम गाउँ नरकटियागञ्जबाट बलिउडमा बिलियो स्थान बनाउन पुगे ।

पहिलेदेखि नै अभिनय क्षेत्रमा शौखिन रहेका मनोज शुरुवाती दिनमा पढाईमा निकै कमजोर थिए । १७ वर्षको उमेरमा दिल्ली पुगेका उनले नेशनल स्कूल अफ ड्रामा भर्ना हुन खोज्दा उनी चार पटक अनुत्तिर्ण भएका थिए ।

मनोजले दिल्लीको रामजस कलेजबाट ग्रेजुएशन गरेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण केही समय उनी शिक्षण पेशामा पनि आबद्ध भए ।

सन १९९४मा मनोजले आफ्नो फिल्मी करियर शुरुआत गरे ।

फिल्म ‘द्रोहकाल’ मा उनलाई एक मिनटको रोल दिइएको थियो । त्यसपछि शेखर कपुरका फिल्म ‘बैंडिट क्वीन’ मा अभिनय गर्ने अवसर पाए । सन १९९८ मा राम गोपल बर्माको फिल्म ‘सत्या’ बाट उनी परिचित बने । यो फिल्ममा मनोजले भीखू महात्रेका भूमिका निर्वाह गरेका थिए ।

यसै फिल्मबाट उनलाई ‘बेस्ट सपोर्टिंग एक्टर’ नेशनल अवार्ड पाएका थिए । त्यसपछि बलिउडमा उनी चर्चित बने । उनले एकपछि अर्को फिल्म ‘कौन’, ‘शूल’, ‘जुबैदा’, ‘अक्स’ र ‘रोड’ लगायतका फिल्ममा दमदार अभिनय गरे ।

यसपछि ‘ग्याङ्ग अफ वासेपुर’ का सरदार खानको भूमिकामा देखिए । जसलाई दर्शकले निकै मन पराएका थिए । ‘राजनीति’, ‘तेवर’, ’आरक्षण’ र ‘जेल’ जस्ता फिल्मले मनोजको करियरले छलाङ्ग मारेको थियो । मनोजका पाँच भाई बहिनी छन् । उनकी कान्छी बहिनी २५ वर्षदेखि फिल्म इन्डस्ट्रीमा फेशन डिजाइनरको रुपमा काम गरिरहेकी छन् ।