८ मंसिर २०८३, मंगलबार

स्वास्थ्यमन्त्रीको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने– स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयास भएको छ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउन नयाँ आयामबाट काम अघि बढेको बताए ।

उनले भने- ‘स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयास भएको छ । स्वास्थ्यमन्त्रीको सक्रियताले स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गर्न सकिएको हो । पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल र समन्वय गरी प्रतिष्ठानका समस्या हल गर्नुपर्छ ।’

उनले प्रतिष्ठानका पदाधिकारीलाई रचनात्मक र जवाफदेही भएर अनुसन्धानका क्षेत्रमा पनि काम गर्न आग्रह गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने सङ्कल्पका लागि आग्रह गरे ।

‘नागरिकको स्वास्थ्य बचाउन सरकार लागिपरेको छ’

सभामा बोल्दै स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठानका सहकुलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यावहारिक काम गर्न लागिपरेको उल्लेख गरे ।

उनले प्रतिष्ठानले उठाएका विषयमा मन्त्रालयले छलफल गरी अघि बढ्ने बताए । ‘प्रतिष्ठानको केही नियमावलीमा संशोधन गर्नुपर्ने विषय उठेको छ । यसका लागि मन्त्रालयले समिति बनाएर तत्काल काम गर्नेछ ।’