काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार संसद बैठक बस्नु अघि दाहाल र ओलीबीच वार्ता भएको हो ।
वार्ताका क्रममा ओलीले संविधान संशोधन लगायतका विषयमा गम्भीर परामर्श गरेर स्वीकार्य बनाएर आउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री दाहालसँगको वार्ताका विषयमा जानकारी दिँदै ओलीले भने, ‘संविधान संशोधनलाई सबैलाई स्वीकार्य गरेर ल्याए सदनमा आउन दिन्छौँ होइन भने गम्भीर परिणाम आउन सक्छ ।’











प्रतिक्रिया