काठमाडौं, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई गैरकानुनी र अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
आईजीपीका दाबेदार सिलवाल पक्राउ परेको खबर सोमबार विहान बसिरहेको एमाले स्थायी कमिटी बैठकमा पुगेपछि उक्त विषयमा छलफल गर्दै नेताहरुले तत्काल रिहा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन नेतृत्वसँग आग्रह गरेका थिए ।
एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुसार नेतृत्वले प्रहरी प्रशासनलाई थप विवादमा ल्याउने र सुरक्षा निकायमा चलखेल गर्ने षड्यन्त्र अनुरुप सिलवाललाई नियन्त्रणमा लिएको निष्कर्ष निकाल्दै रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सर्बोच्च अदालतमा मुद्दा बिचाराधीन रहेको अवस्थामा डीआईजीलाई पक्राउ गरेर सरकारले प्रहरी प्रशासनमा धुव्रीकरण गराउन खोजेको एमालेको आरोप छ ।











प्रतिक्रिया