बाँके, ११ वैशाख । बाँकेको डुडुवा नगरपालिका वडा नं. १ होलियाको कोडुवामा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
आइतबार राति भएको आगलागीमा स्थानीय मुन्सीलाल मौर्यका ८ वर्षीया छोरी राधा मौर्य, १० वर्षीया छोरी सोनी मौर्य र ६ वर्षका छोरा पवन मौर्यको मृत्यु भएको हो । बालबालिकाहरू सुतेका बेला भाग्न नसक्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालबालिकाको शब पोस्टमार्टमका लागि भेरी अन्चल अस्पतालमा राखिएको छ ।
आगलागीबाट स्थानीय धनीराम यादव, गोर्वधन मौर्य र रामदुलारे मौर्यको घरगोठ जलेको इलाका प्रहरी कार्यालयका इञ्चार्ज अनिलबहादुर खड्काले बताए ।












प्रतिक्रिया