८ मंसिर २०८३, मंगलबार

मोटरसाइकलको ठक्करबाट पूर्व गृह सचिवको मृत्यु

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ११ वैशाख । सवारी साधनको ठक्करबाट पूर्व गृहसचिव पदमराज सुवेदीको मृत्यु भएको छ ।

काठमाडौंको अनामनगरमा जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पूर्व गृहसचिव सुवेदीलाई बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुवेदीलाई तत्काल उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा अनियन्त्रित भइ आएको मोटरसाइकले ७९ वर्षीय सुबेदीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले मोटरसाइकल चालक त्रिपुरेश्वर बस्ने बिवेक बस्नेतलाई नियन्त्रणमा लिएको छ ।