मुम्बई । ‘बाहुबली’का नायक प्रभासले आफू सानो हुँदा सुपरहीरो अर्थात ‘सुपरम्यान’को फ्यान भएको बताएका छन् । उनले सुपरहीरोले अभियन गर्ने फिल्मलाई नछुटाइ हेर्ने गरेको जनाएका छन् ।
प्रभासको फिल्म ‘बाहुबली–२, द कन्क्लूजन’ छिट्टै रिलिज हुँदैछ । यो फिल्मा प्रभासले सुपरहीरोले जस्तै काम गरेका छन् ।
प्रभासले भनेका छन्, ‘सानो उमेरमा म सुपर हीरोको प्रशंसक थिएँ । अहिले त्यस्तै खालको अभिनय गर्नु पर्ला भनेर सोँचेको पनि थिइन ।’ उनले आफूलाई सुपरहीरोको जस्तो अभियन गर्न दिएकोमा एस.एस. राजामौलीलाई धन्यावाद दिएका छन् ।
‘बाहुबली’ सीरीजको दोस्रो फिल्ममा प्रभास, अमरेन्द्र बाहुबलीको रूपमा वापसी गर्ने छन् । राजामौली निर्देशित ‘बाहुबली २’ मा कट्टप्पा (सत्याराज)ले किन बाहुबलीलाई मारेका थिए भन्ने विषयमा केन्द्रित हुनेछ ।
फिल्ममा राणा दग्गुबाती, तमन्ना भाटिया, अनुष्का शेट्टी र राम्या कृष्णनले अभिनय गरेका छन् । ‘बाहुबली– २ द कन्क्लूजन’ २८ अप्रिलमा रिलीज हुँदै छ । – एजेन्सी















प्रतिक्रिया