८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीद्वारा मोर्चा-गठबन्धन र निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाएका छन् ।

दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका नेता र निर्वाचन आयोगको पदाधिकारीहरूलाई निर्वाचन तयारीका विषयमा छलफल गर्न बोलाएका हुन् । छलफलमा मधेस केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता दलको मागका विषयमा पनि छलफल हुनेछ ।

स्थानीय तहको निर्वाचन तयारीका विषयमा आदिवासी जनजाति नेताहरूको बाहुल्यता रहेको संघीय गठबन्धनका नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र आयोगको पदाधिकारीहरूलाई सँगै राखेर परामर्श गर्न लागेका हुन् ।

संघीय गठबन्धनका जनजाति नेताहरूले निर्वाचनका विषयमा सरकारले आफूहरूलाई उपेक्षा गरेको आरोप लगाउँदै आएका थिए ।