काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एमालेलाई उपेक्षा गरेर फेरि सहमति भएको भन्दै त्यसले दलहरूका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै डा.कोइरालाले भने, ‘एमालेलाई उपेक्षा गरेर फेरि मधेसी मोर्चासँग सहमति भएको छ । विपक्षमा रहेको सबैभन्दा ठूलो शक्तिलाई बाहिर राख्न मिल्दैन । हामीले गल्ती गर्दै छौँ ।’ उनले एमालेलाई उपेक्षा गरे गरिने सहमतिले कुनै निकास नदिने बताए ।
‘एमाले प्रमुख प्रतिपक्ष दल हो’, उनले भने, ‘संविधान संशोधनको विषय जटिल परिस्थितिमा छ । यस्तो अवस्थामा एमालेलाई साथ लिएर जानु पर्छ ।’
कांग्रेस नेता डा.कोइरालाले भने, ‘मधेसी मोर्चालाई उपेक्षा गरेर संविधान जारी गर्दा यो अवस्था आयो । एमालेलाई अहिले उपेक्षा गर्दा कता पुग्ने हो ।’
उनले एमालेलाई पनि सँगै लिएर हिँड्नु पर्ने बताए । ‘एमालेलाई सँगै लिएर जान सकिएन भने संसदमा पेश हुने संविधान संशोधनको विधेयक पास नहुन सक्छ । त्यसले ठूलो नोक्सानी व्यहोर्नु पर्छ ।’











प्रतिक्रिया