३ कार्तिक २०८३, मंगलबार

सनी सेक्यूरिटिज कम्पनीको पहिलो शाखा नारायणगढमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेपाल धितोपत्र वोर्डवाट अनुमति पत्र प्राप्त सदस्य दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनी लि., जमल, काठमाडौले पूजी बजारको सम्भावना वोकेको नगरी चितवन कै मुटु शहिदचोक, नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।

आइतबार उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गरेका छन् । कार्यक्रम उदघाटन पूर्व नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत थपलियाबाट लगानीकर्ताहरु संगको अन्र्तक्रिया कार्यकममा सहभागी भै पूंजी बजार सम्वन्धी उठेका जिज्ञासाहरुको बारेमा जानकारी समेत दिनु भएको थियो ।

साथै उक्त कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपाल लि. का प्रवन्ध निर्देशक अम्विका प्रसाद पौडेलको पनि विशेष उपस्थिति रहेको थियो ।