काठमाडौं, १० वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयर पद पदमा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
मतदाता सूचीमा रेणु भरतपुर महानगरपालिको बासिन्दा हुन् । ‘मलाई पार्टीले भरतपुर महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ’, काठमाडौंबाट चितवन प्रस्थान गहेकी रेणुले भनिन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १ मा कांग्रेसका नेता प्रकाशमान सिंहसँग नराम्रोसँग पराजित भएकी रेणले बाबुको गृह जिल्ला ताकेकी हुन् ।
रेणु माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव हुन् ।
२०३३ सालमा चितवनको शिवनगरमा जन्मिएकी रणुको बाल्यकाल र पढाई चितवनमै भएको थियो । एसएलसी परिक्षा दिने वित्तिकै उनको अर्जुन पाठकसँग विवाह भएको थियो । उनका दुई बच्चा छन् ।
स्रोतका अनुसार रेणुकी आमा सीता दाहालले जसरी पनि चितवन महानगरपालिकाबाट जिताउन दवाद दिएकी छिन् । रेणुलाई टिकट दिनका लागि शनिबार दिनभरि बालुवाटारमा बाबु, आमा र दिदीसँग कुराकानी भएको थियो । मधेसी मोर्चा र सत्तारुढ दलहरूको बैठक चलिरहेका बेला शनिबार साँझ रेणु दाहाललाई आमा सीता दाहालले आफ्ना गाडीमा राखेर छाड्न गएकी थिइन् ।











प्रतिक्रिया