काठमाडौं, १० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ ।
अनौपचारिक भ्रमणमा आउनुभएका मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
विभागीय मन्त्रीको हैसियतले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गर्न पहल गर्ने आश्वासन दिँदै मन्त्री गिरीले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गिरि छुट्टी मनाउन यहीं शनिबार सपरिवार चन्द्रागिरि पुग्नुभएको थियो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।















प्रतिक्रिया