८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डलाई ओलीको जवाफ, ‘संशोधन प्रस्ताव नहेरी बोल्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्ताव नहेरेर नबोल्दै बताएका छन् ।

आज विहान अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई ओलीले यस्तो जवाफ दिएका हुन् । ओली दुई चरणमा चुनाव गर्ने पक्षमा सकारात्मक देखिएपनि संविधान संशोधनको विषयमा भने उनले प्रस्ताव हेरेर मात्रै बोल्ने बताउनका छन् ।

दुई चरणमा गर्न लागिएको निर्वाचनबारे केपी ओलीले सकारात्मक प्रतिक्रिया जनाएपनि संविधान संशोधन प्रस्तावबारे कुनै प्रतिक्रिया नदिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीवीच आइतबार करिब आधा घण्टा कुराकानी भएको थियो । प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे पनि जानकारी गराएका थिए । भेटका क्रममा ओली केही लचिलो रुपमा प्रस्तुत भएका छन् ।

सो क्रममा ओलीले प्रस्ताव चित्तबुझ्दो भएमा दुई तिहाईले संविधान संशोधन गरेर दुई चरणमा चुनाव गर्न सकिने संकेत दिएको जनाइएको छ ।