
काठमाडौं, १० वैशाख । रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य निरूपमा यादवलाई काठमाडौं महानगरपालिकाको उपमेयर बनाउने निर्णय गरेको छ ।
मेयरमा पार्टीले यसअघि नै पूर्वसचिव किशोर थापालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यद्यपी स्थानीय तहको चुनावका लागि दल दर्ता नभएकाले साझा पार्टीेले स्वतन्त्र रुपमा मात्रैै उम्मेदवार खडा गर्न पाउँछ ।
उपमेयरकी उम्मेदवार ३९ वर्षीया यादव अधिवक्ता समेत हुन् ।











प्रतिक्रिया