
काठमाडौं, १० बैशाख । उपप्रधानमन्त्रीको विरियता विवादपछि मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका उप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आजको बैठकमा भने सहभागी भएका छन् ।
बर्तमान परिस्थितिलाई ध्यानमा राख्दै पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि उनी बैठकमा सहभागी भएका हुन् । अर्का उपप्रधानमन्त्री कमल थापासंग बरियता विवाद नमिल्दा उनले बैठक बहिस्कार गर्दै आएका थिए ।
पार्टी सभापति देउवाको निर्देशनसंगै मधेस, देश र कांग्रेसको हितलाई ध्यान राखेर निधी मन्त्रिपरिषद् बैठकमा सहभागी भएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । अब उनी हरेक बैठकमा सहभागिता जनाउने जनाइएको छ ।











प्रतिक्रिया