८ मंसिर २०८३, मंगलबार

पूर्व अधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, १० वैशाख । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहको स्वास्थ्य सुधार भएपछि डिस्चार्ज गरिएको छ ।

काठमाडौंको थापाथलीस्थित एक निजी अस्पतालमा भएको उपचारपछि पूर्व अधिराजकुमारी सिंहलाई आइतबार डिस्र्चाज गरिएको हो ।

सिंहलाई सेरिब्रल भेनस साइनस् थ्रम्बोसिस भएपछि उपचारका लागि चैत २७ गते अस्पताल भर्ना गरिको थियो ।

उपचारमा सुधार भएपछि पूर्व अधिराजकुमार प्रेरणा आफै हिँडडुल गर्न सक्ने अवस्थामा पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्व अधिराजकुमारले आफ्नो उपचारमा खटिएका चिकित्सक, कर्मचारी, व्यवस्थापन र सरोकारवाला सबैप्रति आभार व्यक्ति गरेकी छन् ।

पूर्व अधिराजकुमार सिंहको उपचारमा स्नायु रोग विशेषज्ञ डा.पंकज जलान र पारिवारिक चिकित्सक डा.किशोर जंग राणाको टिम सहभागी थियो ।