लन्डन । केल्भिन क्लेनको अन्डरवेयरको विज्ञापनमा ७३ वर्षीय लरेन हटनको सहभागिताले मोडलिङ जगतमा उमेरको सीमालाई लिएर अर्को बहस सुरु भएको छ ।
एक मिनेट लामो विज्ञापनको प्रोमोमा अमेरिकन स्टारले अन्तर्वस्त्रको मोडलिङ गरेकी छन् । उनका अलवा यसमा क्रिस्टिन डस्ट र राशिदा जोश समेत छन् ।
वोग पत्रिकाले यस विज्ञापनको तारिफ गरेको छ । यसमा निर्देशक सोफिया कोपोलाले अन्तर्वस्त्रको मोडलिङमा उमेरको कुनै सीमा नहुने सन्देश दिन खोजेकी छन् ।
हटनले अभिनेत्री बन्नुअघि आफ्नो करियर मोडलको रुपमा सुरु गरेकी थिइन् । उनले पछिल्ला दिनमा मोडलिङको दुनियामा ठूलो आश्चर्यसाथ उपस्थित भएकी छन् । उनी जे क्रु लाइनको क्याम्पेनमा आएकी थिइन् ।
गत वर्ष मिलान फेशन विकमा (यांम्पमा क्याटवाक मोडलको रुपमा देखिएकी थिइन् । ९४ वर्षीय इरिस एप्फेललाई पनि अस्ट्रेलियन फेशन लेबल ब्ल्यु इन्युजन एन्ड सिन्ट्रोन्सले उनकै जस्तो चर्चा कमाएकी थिइन् ।
यसरी वृद्ध मोडलको रुपमा ६३ वर्षीय क्रिस्टी बिंक्ले, हार्वे निकोलले समेत आफूलाई उभ्याएका थिए । – एजेन्सी















प्रतिक्रिया