८ मंसिर २०८३, मंगलबार

नेकपा माले र अखण्ड नेपालको जिल्ला नेतृत्व एमालेमा प्रवेश (फोटो फिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहरा

बागलुङ, ९ बैशाख । नेकपा एमालेकी बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले राष्ट्रियताको रक्षा र समाज परिवर्तनको एजेण्डा बोकेको एमाले यतिबेला सबैको रोजाइमा परेको बताउनुभएको छ । नेकपा माले र अखण्ड नेपाल पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउनका लागि शनिबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

सम्पुर्ण राजनीतिक दलहरु चुनाव केन्द्रित बनिरहेका बेला नेकपा एमालेले पनि निर्वाचनमा लाग्नका लागि कार्यकर्ताहरुलाई सहजिकरण गर्दै अबको स्थानीय निर्वाचनमा एमालेको जित सुनिश्चित गराउन लाग्नुपर्ने बताउनुभयो ।

केसीले अबको स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी बन्ने सुनिश्चित रहेकाले हर गाउँ तहमा एमालेले गरेका कार्यका बारेमा मतदातालाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेले लिएको नीति र एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानका कारण राष्ट्रियता जोगिएको भन्दै अबका दिनमा सबै मिलेर एमालेलाई मुलुकको बहुमत सहितको पहिलो पार्टी बनाउन सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले सबै कार्यकर्ताहरु निर्वाचन केन्द्रित बन्न आग्रह पनि गरेका थिए ।

कार्यक्रममा एमाले प्रवेश गरेका नेकपा मालेका सचिवालय सदस्य हुमा देवी खड्का, अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष रुद्र महत, नेकपा माले समर्थित शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्य रायमाझीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेकपा मालेका सचिवालय सदस्य हुमा देवी खड्का, अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष रुद्र महत, नेकपा माले समर्थित शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्य रायमाझी, नेकपा मालेका जिल्ला सदस्य याम बहादुर रायमाझी, राम बहादुर के.सी, नगर कमिटि अध्यक्ष कमल खड्का, सचिवालय सदस्य विर बहादुर खत्री, जिल्ला कमिटि सदस्य ज्ञान बहादुर थापा, समानुपातिक उमेद्वार जंग बहादुर थापा, विदेश सम्पर्क समितिका सुर्य के.सी, सम्झना के.सी, अनुप के.सी, जय प्रसाद शर्मा, भिम बहादुर थापा, आषिक खड्का लगायत ३० जना भन्दा बढी एमालेमा प्रवशे गरेको एमालेले जनाएको छ ।

कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता तथा सचिव लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।