८ मंसिर २०८३, मंगलबार

सरकार मधेसी मोर्चाबीच के के सहमति भयो ? (हेर्नुस् बुँदासहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । शनिबार राति अबेरसम्म बालुवाटारमा बसेको सरकार र संघीय गठबन्धन बीचको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सहमति भएको छ ।

सरकार र मोर्चाबीच भएका सहमति (बुँदागतरुपमा):

  • बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
  • पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
  • बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
  • सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
  • तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
  • स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
  • प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
  • भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
  • मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।