८ मंसिर २०८३, मंगलबार

विकास र समृद्धिको कार्यभारलाई एमालेले मात्र पूरा गर्नसक्छः झलनाथ खनाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको लागि हुन गरहेको स्थानीय तहको निर्वाचन सबै नेपाली मिलेर एकजुट भएर सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्यूनिष्ठ पार्टीको स्थापना दिबसको अबसरमा बुढानिलकण्ठ एमाले नगर संगठन कमिटिद्धारा आयोजित कार्यक्रममा बोल्दै खनालले ३१ वैशाखमा हुने निर्बाचनमा नेपाली जनताले देशब्यापी रुपमा एमालेलाई जिताएर पहिलो शतिmको रmपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिले नेपाली जनताको देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लैजानुपर्ने चाहना रहेको र यो कार्यभारलाई एमालेले मात्र पूरा गर्न सक्छ भन्ने कुरामा नेपाली जनता बिश्वस्त रहेको खनालको भनाई छ ।

अझ पनि स्थानिय तहको निर्बाचन हुन नदिन देशी बिदेशी शतिmहरm लागि परेको भन्दै उहाँले तोकिएको मितिमा निर्बाचन गर्न र दाया बाया कुनै शक्तिको पछि नलागी नेपाली जनताको भावना अनुसार लाग्न सरकारसंग आग्रह पनि गर्नुभयो ।

‘नेपालमा २००६ सालबाट बिभिन्न तानाशाही प्रबृतिको बिरुद्ध लड्दै आयौ यसै क्रममा २०६२ ÷६३ जनक्रान्ति मार्फत लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्यौं । त्यो नै कमरेड पुष्पलालले देखाएको बाटो, त्यो नै पुस्पलालले देख्नुभएको सपना थियो’ उहाँले भन्नुभयो– ‘२०६२÷६३ जनक्रान्तिमार्फत एक चरणको सपना पूरा गर्यौ । हामीले अब समाजबाद निर्माण गर्नतर्फ अगाडि बढ्दै छौ ।’

अबको नेपाली जनताको भबिष्य समाजबादमा मात्र सुनिश्चित हुने हुनाले यसको नेतृत्व एमालेले गर्ने भन्दै खनालले नेकपा एमालेलाई पहिलो पार्टी बनाउन सबैले आफ्नो ठाउबाट सक्रियता पूर्बक लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य राजन भट्टराई, केन्द्रिय खेलकुद तथा यूबा बिभाग सदस्य रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति थियो ।