काठमाडौं, ९ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी अधिकृतमाथि प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले कारवाही थालेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको ठाडो निर्देशनमा डीआईजी नवराज सिलवाल प्रमुख रहेको सिआईबीका चार प्रहरी अधिकृतलाई हेडक्वारटले कारवाही स्वरुप सरुवा गरेर केन्द्रीय निर्वाचन सेलमा खटाएको हो । चारै जना सिलवाल निकट मानिन्छन् । उनीहरुलाई सिलवालको विश्वास पात्र भएको भन्दै निर्वाचन सेल तानिएको प्रहरी स्रोतको भनाई छ ।
हेडक्वार्टरमा रहेको निर्वाचन सेलमा सरुवा हुनेमा वन्यजन्तु तस्करी नियन्त्रण सेलमा रहेका डीएसपी प्रवीण पोखरेल, आर्थिक व्यूरोमा कार्यरत डीएसपी रेशम पराजुली, प्रशासनमा कार्यरत डीएसपी दधिराम न्यौपाने र प्रहरी निरीक्षक रुगम कुँवर रहेका छन् । चारै जना अनुसन्धानमा दक्ष अधिकृत हुन् ।
सरुवापछि डीएसपी पोखरेल र न्यौपानेले निर्वाचन सेलमा हाजिर भइसकेका छन् भने पराजुली र कुँवर विदामा छन् ।
यसअघि आईजीपी नियुक्त भएलगत्तै अर्यालले हेडक्वार्टरमार्फत स्पष्टिकरण सोध्न लगाई सिलवालमाथि कारवाहीको चेतावनी दिइसकेका छन् ।











प्रतिक्रिया