८ मंसिर २०८३, मंगलबार

उपेन्द्र-बाबुरामले बनाए उच्चस्तरीय वार्ता समिति, को–को छन् समितिमा ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्नका लागि तीन सदस्यीय वार्ता समिति गठन भएको छ ।

यादव र भट्टराईद्वारा शुक्रबार बिहान जारी संयुक्त विज्ञप्तिअनुसार एकताको प्रयोजनार्थ दुबै पार्टीका शीर्ष नेता सहभागी तीन सदस्यीय वार्ता समित गठन गरिएको हो । वार्ता समितिमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई रहेका छन् ।

मधेसी मोर्चामा आवद्ध छ दलहरूले बिहीबार पार्टी एकता घोषणा गरेको अर्को दिन यादव र भट्टराईले उच्चस्तरीय वार्ता टोली गठन गरेका हुन् ।

‘पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा र्पुयाउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुगाउने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले संघीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरूलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन माग गरेका छन् ।