काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन र संविधान संशोधनको नयाँ विधेयकमा सहमति खोज्ने प्रयास स्वरुप मधेसी मोर्चाका नेताहरूलाई बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही समयपछि सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचनमा मोर्चालाई सहभागी हुन आग्रह गरिनेछ ।
मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन विथोल्ने गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको झण्डै एक सातापछि प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूलाई बोलाएका हुन् ।
मधेसी मोर्चाका नेताहरूले प्रधानमन्त्री दाहालसँगको आजको वार्तामा अधिकतम लचकताका साथ प्रस्तुत हुने बताएका छन् । उनीहरूले संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाउँदै आएका छन् ।
माग पूरा नहुँदासम्म स्थानीय तहको निर्वाचन स्वीकार्न नसकिने मोर्चाको अडान छ ।
प्रधानमन्त्री दाहालले मधेसी मोर्चाले सहमति जनाए दुई चरणमा चुनाव गरेर भए पनि निर्वाचन गर्ने प्रस्ताव गर्न सक्ने छन् ।











प्रतिक्रिया