३ कार्तिक २०८३, मंगलबार

संगीतकार संघको कल्याणकारी कोषमा सिटिजन्स बैंकको ३ लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । संगीतकार संघ नेपालको कल्याणकारी कोषमा सिटिजन्स बैंकले आज ३ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकको दशौं वार्षिकोत्सवको अवसरमा आफ्नै कार्यालय नारायणहिटीपथमा आयोजना गरेको कार्यक्रमका अवसरमा उक्त सहयोग प्रदान गरिएको हो । बैंकका अध्यक्ष डा.शंकरप्रसाद शर्मा, कार्यकारी प्रमुख राजन भण्डारीले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको हातमा चेक हस्तान्तरण गरेका थिए ।

सहयोग प्राप्त गरेपछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष शेषले सिटिजन्स बैंकलाई संगीतकर्मीहरुले शिरमा राखेर हिंड्ने बताएका थिए । अहिलेसम्म बैंकिङ क्षेत्रबाट संगीतकर्मीहरुसँग सहकार्य गर्ने पहिलो बैंकका रुपमा सिटिजन्सले सहयोगी हातहरु अगाडि बढाएको धन्यवाद दिँदै शेषले सम्पूर्ण संगीत क्षेत्रमा आइपरेको समस्यामा बैंकले सदैव यसरी नै सहयोगको हात फैलाउने आशा व्यक्त गरेका थिए ।

दशौं वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक क्षेत्रमा आफ्नो आम्दानीको १ प्रतिशत प्रदान गर्ने निर्णय अनुरुप विभिन्न सामाजिक संघसंस्था, विद्यालय, पुस्तकालय, पिछडिएको क्षेत्रलगायतका सामाजिक क्षेत्रमा सहयोग प्रदान गरेको थियो । सोही अवसरमा बैंककै हाताभित्र रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।

बैंकको गत चैत मसान्तसम्म रु. ५ अर्ब ५३ करोड पु¥याएको र चुक्ता पूँजी रु. ६ अर्ब ९२ करोड पुग्ने र आगामी आषाढ मसान्तसम्मा चालु आर्थिक वर्षको मुनाफाबाट आवश्यक वोनस सेयर बितरण गरी बैंकको चुक्ता पूँजी न्यूनतम् रु.८ अर्ब पुर्याउने बताइएको छ । बैंकले नेपालभर ५८ वटा शाखामार्फत् अत्याधुनिक बैंकिङ सेवा संचालन गर्दै आएको छ ।