८ मंसिर २०८३, मंगलबार

चुनावको मुखैमा एमालेले किन गर्न लाग्यो निर्वाचन आयोग घेराउ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज दिउँसो निर्वाचन आयोगमा डेलिगेसन दिने भएको छ ।

सरकारका मन्त्री र सत्तारुढ दलबाट निर्वाचन आचार संहिताको व्यापक उल्लंघन भएको भन्दै त्यसलाई रोक्न एमालेको टोली आयोग पुगेर ध्यानाकर्षण गराउन लागेको हो ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार संसदीय दलका उपनेता सुवा नेम्वाङको नेतृत्वमा एमाले टोली आज दिउँसो २ बजेर ३० मिनेट आचारसंहिताबारे ध्यानाकर्षण गराउन आयोग जाँदैछ ।