काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका शीर्ष नेताहरुसँग भोलि स्थानीय तहको निर्वाचनका विषयमा भोलि छलफल गर्ने भएका छन् ।
तराई–मधेसमा चुनाव दोस्रो चरणमा गर्ने विषयमा मोर्चाका नेताहरु छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा भोलि बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चा नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनबारे छलफल हुनेछ ।
यता मधेसी मोर्चाका नेताहरुले पनि वार्ताका लागि आफूहरुलाई प्रधानमन्त्रीले खबर गरेको बताएका छन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भोलिको छलफलमा आफू सहभागी हुने जानकारी दिए ।












प्रतिक्रिया