८ मंसिर २०८३, मंगलबार

सुरक्षाको वस्तुस्थिती बुझ्न प्रधानसेनापति क्षत्री सिन्धुपाल्चोकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबार सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित श्री गोरख बहादुर गण तथा बाह्रविसेस्थित सुरक्षा बेसको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले उक्त गण र सुरक्षा बेसमा नवनिर्मित भवनहरुको समुद्घाटन गर्नुका साथै स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा वहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिनु भएको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।