झापा, ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शनसँगै कम्मर मर्काएर छमछमी नाचेका छन् । ओली अहिले उपचारका लागि थाइल्याण्डमा छन् ।
दमक नजिकै कमल गाउँपालिकाको आदिवासी जनजाति रङ्गशालामा भएको प्रदेशस्तरीय आमसभामा उपस्थित हजारौं कार्यकर्तामाँझ कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा. शेखर कोइराला लगायत नेता नाँचेका थिए ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले लेखेको कांग्रेसको चुनावी गीत ‘आयो आयो आयो कांग्रेस गाउँ बस्ती ब्युँझाउँदै हिमाल पहाड मधेस, कांग्रेसले दिन्छ एकताको सन्देश’ मा कार्यकर्तासँगै देउवासहितका शीर्ष नेताहरु नाचेका हुन् । मञ्चमा नाचेका नेतालाई त्यहाँ उपस्थित कार्यकर्ताले ताली बजाएर साथ दिएका थिए ।
देशभर ओलीको लोकप्रियता बढिरहेका बेला उनको क्षेत्रमा आफ्नो पक्षमा माहोल बनाउन देउवा छमछमी नाचेका कतिपयको तर्क छ ।
हेर्नुस् भिडियोः
भिडियोः अनलाइनखरबाट ।












प्रतिक्रिया