८ मंसिर २०८३, मंगलबार

बालुवाटारमा कांग्रेस, एमालेसहितका दलको बैठक जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख पाँच दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकबीच छलफल हुनेछ । छलफलमा समग्र राजनीतिक विषयमा छलफल हुने बुझिएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहालले प्रमुख दलहरूको बैठक बोलाएका हुन् ।

बैठकमा मधेसी मोर्चाको माग र संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

निर्वाचनका विषयमा विभिन्न आशंका चलिरहेका बेला प्रमुख पाँच ठूला दलको बैठकले केही ठोस निर्णय गर्न सक्ने बुझिएको छ ।