काठमाडौं, ६ वैशाख । नयाँ वर्षको शुरुवात सँगसँगै सुन्धारास्थित सिभिल मलमा निश्चित मूल्य अर्थात ‘फिक्स्ड प्राइस’मल भएको छ ।
मुलुककै ठूलो किनमेल गन्तव्यको रुपमा रहँदै आएको सिभिल मलमा सामान खरिद गर्दा ग्राहकहरुले मोलतोल गर्ने झमेला व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले यसो गरिएको व्यवस्थापनले जनाएको छ ।
एउटै छानामुनि मनोरञ्जन, खानपान, किनमेल र पार्किङ्गको सुविधाप्राप्तगर्न सकिने उक्तमलमाविश्व स्तरीय सिनेमाहल, बालबालिकाको लागि नेपालकै सबैभन्दा ठूलो ‘इण्डोर गेम जोन’ र विभिन्न स्वादको परिकार पाईने फूडकोर्ट समेत रहेका छन् ।
किनमेल जगतमाप्रमुख हिस्सा ओगट्दै आएको सिभिलमल ‘फिक्स्ड प्राइस’मल भएपछि ग्राहकवर्गले वस्तु र सेवाको उपभोग अझै सहज रुपमागर्न सक्ने विश्वास व्यवस्थापनले प्रकट गरेको छ ।















प्रतिक्रिया