८ मंसिर २०८३, मंगलबार

थाइल्याण्डमा रहेका ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्कक रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अबस्था राम्रो रहेको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालका अनुसार स्वास्थ्य अबस्था राम्रो भएकाले पूर्वप्रधानमन्त्री ओली यही वैशाख ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ओली गत चैत २६ गते उपचारका लागि थाइल्याण्ड पुगेका थिए । मिर्गौलाको नियमित उपचार गराउँदै आएका ओलीलाई पछिल्लो समय हर्निया समेत भएपछि शल्यक्रिया गरिएको थियो । ओलीको साथमा पत्नी राधिका र निजी चिकित्सक डा दिव्या सिंह पनि छन् ।

अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक स्थगन भएको थियो ।