
काठमाडौं, ५ बैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि विवेकशील नेपाली दलकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् । अहिले स्नातक तहमा पढ्दै गरेकी दर्शनालाई मेयर बनाउने निर्णय गरेको विवेकशीलले जनाएको छ ।
उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गरिने जनाइएको छ । काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई साकार गर्न युवा तथा उर्जावान नेतृत्वले मात्रै सम्भव भएकाले दर्शनालाई मेयरमा उभ्याइएको नेपाली दलले जनाएको छ ।
मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले राजनीतिक सिन्डिकेटलाई तोड्ने र काठमाडौँलाई संसारकै सुन्दर बनाउन योजना आफूुसंग रहेको बताएकी छन् । तीन वर्षअघि विवेकशीलसँग जोडिएकी दर्शना डा. गोविन्द केसीको समर्थनमा पनि आन्दोलनमा सक्रिय थिइन् ।











प्रतिक्रिया