नयाँदिल्ली, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गर्नुभयो । सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
यसअघि भण्डारीलाई भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीले राष्ट्रपति भवनको फोरकोर्टमा भव्य स्वागत गर्नुभएको थियो । भारतीय विदेश मन्त्रायका प्रवक्ता गोपाल वागलेले ट्विटमा फोटो सार्वजनिक गर्दै लेख्नुभएको छ– ‘नजिकको छिमेकीलाई विशेष सम्मान ।’














प्रतिक्रिया