८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीले सुरक्षा अङ्गका प्रमुखहरूसँग भने, ‘तोकिएकै समयमा चुनाव हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा अङ्गका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमूख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर मुलूकको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटमा प्रधानमन्त्रीले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अङ्गका प्रमुखहरूसँग जानकारी लिएको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

भेटमा सुरक्षा अङ्गका प्रमूखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए ।