८ मंसिर २०८३, मंगलबार

‘विप्लव’को पार्टीद्वारा आतंक सुरु, निर्वाचन सामग्रीमा आगो लगाए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापु, ५ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनाव विरोधी आफ्नो गतिविधिलाई तीव्र बनाएको छ ।

नेकपाले कैलालीमा स्थानीय निर्वाचनका लागि राखिएका सामग्रीहरू सोमबार कब्जामा लिएर नष्ट गरिदिएको छ । नेकपाका कार्यकर्ताले कैलालीमा निर्वाचन कार्यालयको सामान कव्जामा लिएर आगो लगाएका हुन् ।

नेकपाले स्थानीय निर्वाचनलाई खारेज गर्ने गरेको जनाउँदै आएको छ । नेकपाका कैलाली जनसरकार प्रमुख हरिचरण चौधरीले स्थानीय तहको निर्वाचन विथोल्न निर्वाचन कार्यालयका सामग्री कब्जामा लिएर जलाइ दिएको बताए । ‘आगामी दिनहरूमा पनि निर्वाचनका सामानहरू कव्जा गरेर चलाउँछौँ’, उनले भने ।

कैलालीको त्रिशक्ति नगरपालिका लालवोझीमा निर्वाचन आयोगले प्रचारका लागि पठाएको मतदाता शिक्षा नियमावली नमूनापत्र सोमबार अपरान्ह ३ बजे नेकपाका कार्यकर्ताले जनाएका हुन् ।