काठमाडौं, ४ वैशाख । यथास्थितीमा चुनाव गर्न नसकिने आशय व्यक्त गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले कडा जवाफ फर्काएको छ ।
निधिले आइतबार राति निर्वाचन आयोगको तयारी र सुरक्षा चुनौतिले वैशाख ३१ गते नै स्थानीय निर्वाचन गर्न नसकिने आशय व्यक्त गरेपछि सोमबार विहान एमाले प्रचार विभाग प्रमुख एवं पार्टी सचिव योगेश भट्टराईले निर्वाचन गर्न नसक्ने भए मधेसी मोर्चामै जान सुझाव दिएका हुन् ।
सचिव भट्टराईले गृहमन्त्री निधि मोर्चाको पक्षमा लागेको आरोप लगाउँदै ट्वीटरमार्फत भनेका छन्– ‘निधिजी, नेकाबाट मोर्चातिर काजमा जानुभन्दा स्थायी सरुवा हुनुनै राम्रो होइन र ? कथनी र करनी छुट्याउन दर्शकलाई सकस त हुनेथिएन नि !’
आइतबार मध्यरातमा निधिले सुरक्षाको कारणले चुनाव हुन नसक्ने बताउँदै राजनीतिक सहमति जुटाएरमात्रै चुनाव हुनुपर्ने सन्देशसहितको ट्वीट गरेका थिए ।











प्रतिक्रिया