८ मंसिर २०८३, मंगलबार

स्थानीय निर्वाचनका लागि यस्ता छन् एमालेका आजका महत्वपूर्ण निर्णयहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा बसेको मोर्चा संगठनको बैठकले यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीका बारेमा छलफल गरी विभिन्न निर्णय गरेको सचिव योगेश भट्टराईले जनाएका छन् ।

यस्ता छन् आजका बैठकका निर्णयहरुः

बैठकले पार्टीका सबै जनसंगठनहरुले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आआफ्नो संगठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गते भित्रमा सुझाव तथा अवधारणाहरु पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ ।

आउने स्थानीय निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई विजयी बनाउन सबै जनसंगठनको शक्तिलाई निर्वाचनको तयारी र प्रचार÷प्रसारको कामका परिचालन गर्न बैठकले सबै जनसंगठनलाई निर्देशन गर्नुका साथै यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्म सम्बन्धित पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले यही वैशाख २० गतेसम्ममा सबै जनसंगठनहरुले निर्वाचनसम्बन्धी अपिल लगायतका प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउँमा पुर्याइसक्ने निर्णय गर्यो ।